सुदूर नेपाललाई विश्वसँग जोड्दै

अभियन्ता तिमी (बाल कविता)

२०८० साउन ३०, ०१:१२ खबर संवाददाता

सुन्दर सुदूरपश्चिमका, अभियन्ता तिमी।
असहाय, दीन दुःखीका, भरोसा हौ तिमी।। 
मन जित्यौ, भोट जित्यौ, गर्यो नि कमाल।
सच्चा नगर पिता बन्यौ, हे गोपी हमाल।।
शिक्षा र स्वास्थलाई, बनायौ प्रमुख नारा।
सजिलै स्वास्थ सेवा पाउँदा, खुशी छन् सारा।।
युवा, बृद्ध, केटाकेटी, सबै तिम्रो साथ।
उत्कृष्ट भयौ एकै वर्षमा, भयो उच्च माथ।।
प्रकृति प्रेमी मेयर हाम्रो, धनगढी भयो हराभरा।
उज्यालो धनगढी सपना थियो, भयो आज पूरा।।
फोहरमैला व्यवस्थापनमा, तिम्रो दूर दृष्टि। 
स्वच्छ सफा सुन्दर नगर, यो हो हाम्रो श्रृष्टी।।
–सुशान्त पोखरेल थ्रीस्टार बोर्डिङ स्कुल, कक्षा–६ धनगढी, कैलाली

कमेन्ट लोड गर्नुस