सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा १२५ फरार अपराधि जेलभित्र हुँलिए

२०८० साउन ३०, १२:४२ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा चार महिनाको अवधिमा एक सय २५ फरार अपराधिलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले चार महिनाको अवधिमा विभिन्न अपराधमा संलग्न तथा अदालतबाट दोषी ठहर भएका एक सय २५ अपराधिलाई पक्राउ गरी जेलभित्र हुँलिएको हो। नेपाल प्रहरीका डिआइजी भरत बोहराले प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको ४ महिनामा सो संख्यामा फरार प्रतिवादी पक्राउ परेका हुन्।

साथै सो अवधिसम्म लागुऔषध सेवन, ओसारपसार तथा कारोबारमा संलग्न तीन सय ६५ जना विरुद्ध मुद्दा चलाएको छ। लागुऔषध सम्बन्धि दुई सय १६ जना विरुद्ध मुद्दा मुद्दा चलाइएको छ।

कमेन्ट लोड गर्नुस