अवरुद्ध जयपृथ्वी र दशरथ राजमार्ग सुचारु

२०८० साउन २९, ०४:१८
बैतडीः पहिरोका कारण गएरातिबाट अवरुद्ध भएको बैतडीको जयपृथ्वी र दशरथ राजमार्ग पुनःसञ्चालन आएका छन्।
गए राति खसेको पहिरोले जयपृथ्वी राजमार्गको झौलेक र श्रीभावर तथा दशरथचन्द राजमार्गको सतबाँझ नजिक अवरुद्ध भएको थियो।
सडक माथिबाट खसेको तीनवटै स्थानको पहिरो पन्छाएपछि राजमार्ग सञ्चालन भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले बताए।
.gif)


कमेन्ट लोड गर्नुस