सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको कपडा बैंकलाई सहयोग

२०८० साउन २८, १०:४९ खबर संवाददाता

धनगढीः कैलालीस्थित धनगढीको कपडा बैंकलाई सहयोग गरिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ४ शिवपुरी धाममा रहेको कपडा बैंकलाई कपडा सहयोग गरिएको हो। 

दाहाल प्रतिष्ठान, धनगढीले चार सय ५० थान कपडा सहयोग गरेको छ। यस्तै, धनगढी उपमहानगरपालिका वडा नम्बर २ का जानकी शाही, सिमा शाही र  दमन्ती शाहीले तीन झोला कपडा सहयोग गरेका छन्।

शिवपुरी धामको कपडा बैंकमा सबैले कपडा सहयोग गर्न सक्छन। कपडा बैंकमा जम्मा भएका कपडा निःशुल्क वितरण गर्ने गरिएको छ।

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालका परिवारको निजी लगानीमा बैंकका लागि भवन निर्माण गरिएको हो। उनीहरुले नै बैंक सञ्चालनमा गर्दै आएका छन्।

कमेन्ट लोड गर्नुस