सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदर्शनको ‘रावायण’ फिल्ममा शिल्पा र कामेश्वर अनुबन्धित

२०८० साउन २६, ०५:५६ खबर संवाददाता

काठमाडौंः  सुदर्शन थापाले निर्देशन गर्न लागेको आगामी फिल्म ‘रावायण’मा अभिनेत्री शिल्पा मास्के र अभिनेता कामेश्वर चौरसिया अनुबन्धित भएका छन्।

शुक्रबार फिल्मकी निर्मात्री सुप्रिया कट्वालले सुदर्शन थापा प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा उनीहरुलाई औपचारिक रुपमा अनुबन्ध गरिएको बताइन्। यसअघि फिल्मको एक नायिकामा नीति शाह अनुबन्धित भइसकेकी छन्।

फिल्मको शीर्ष नायकमा यसअघि नै अभिनेता अनमोल केसी अनुबन्धित भइसकेका छन्। फिल्मको छायांकन भदौदेखि गर्ने तयारी छ।
 

कमेन्ट लोड गर्नुस