सुदूर नेपाललाई विश्वसँग जोड्दै

फिल्म ‘जुलेबी’को गीत ‘आज मन’ सार्वजनिक

२०८० साउन २५, ०५:५७ खबर संवाददाता

काठमाडौंः आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जुलेबी’को गीत सार्वजनिक भएको छ।

काठमाडौंमा आयोजित कार्यक्रममा फिल्ममा समावेश ‘आज मन’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतमा केतन क्षेत्रीको स्वर, कोसिस क्षेत्री र केतनको शब्द तथा संगीत छ। कार्यक्रममा बोल्दै लेखक तथा निर्देशक गणेश देव पाण्डेले फिल्मका पात्रहरुलाई रत्नपार्कले जोड्ने र कथा सात जना पात्रहरुको सम्बन्धको वरिपरि घुम्ने बताए। ‘जुलेबी लेखक तथा निर्देशकको आफ्नो जीवनको भोगाइबाट उत्पन्न भएको कथा हो,’ उनले भने।

फोर क्युब इन्टरटेनन्टको ब्यानरमा निर्माण भएको फिल्ममा सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, समीरमणि दीक्षितलगायतको मुख्य भूमिका छ। फिल्मकी निर्माता आभा शर्मा नेपाल हुन्।
 

कमेन्ट लोड गर्नुस