सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा लागुऔषधसहित दुई जना पक्राउ  

२०८० साउन २५, ०८:०६ खबर संवाददाता

धनगढीः धनगढीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१४ फूलवारीको खुटिया घाटबाट प्रहरीले चरेससहित दुई जनालाई बुधवार पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको टोलीले भारततर्फ लैजादै गरेको ४ किलो ३० ग्राम चरेससहित प्युठानको लुङ गाउँपालिका–७ का ४२ वर्षीया मिना बुढाथोकी र रुकुम पश्चिम बासिकोट गाउँपालिका–७ का ३९ वर्षीय भिमसेन खत्रीलाइ चरेससहित नियन्त्रणमा लिइएको हो।

थप अनुसन्धानको लागि दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याईएको प्रवक्ता कुलदिप चन्दले जानकारी दिए।

कमेन्ट लोड गर्नुस