सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका एक युवकमाथि काठमाडौंमा खुकुरी प्रहार

२०८० साउन २५, ०६:०९ खबर संवाददाता

धनगढीः कैलालीका एक युवकमाथि काठमाडौंमा खुकुरी प्रहार भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बुधवार साँझ साढे ५ बजे काठमाडौं महानगरपालिका–४ चण्डोल चोकमा कैलालीको टीकापुरका चक्र शाहमाथि खुकुरी प्रहार भएको हो। दुई पक्षबीच झगडा हुँदा शाहमाथि खुकुरी प्रहार भएको बताइएको छ। टाउको र खुट्टामा चोट लागेकाले उनको टिचिङ अस्पतालमा उपचार भइरहेको छ।

उनी बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। शाहमाथि खुकुरी प्रहार गरेपछि आक्रमण गर्ने पुरूष फरार भएका थिए। सो प्रकरणमा संलग्न रहेको भन्दै धनगढी बस्ने अन्दाजी २७ वर्षीय रविन गिरीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त महाराजगन्जले घटनाको थप अनुसन्धान गरिरहेको छ। 

कमेन्ट लोड गर्नुस