सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा सर्पको टोकाइबाट ‘छाउपडी’को मृत्यु

२०८० साउन २४, १०:२५ खबर संवाददाता

धनगढीः बैतडीमा सर्पको टोकइबाट एक किशोरीको मृत्यु भएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो। 

महिनावारी भएको बेला गोठमै सुतिरहेको अवस्थामा उनलाई मंगलवार राति सर्पले टोकेको थियो। बुधवार बिहान उनको मृत्यु भएको हो। छाउ गोठमा सुतेकी अनितालाई मंगलवार मध्यराति सर्पले टोकेको थियो। अनिता जवलपुर मावि सैलोडामा अध्ययनरत थिइन्।

कमेन्ट लोड गर्नुस