सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीबाट ७ तोला सुन र दार्चुलाबाट ६ किलो चरेशसहित दुई जना पक्राउ

२०८० साउन २२, ११:२१ खबर संवाददाता

धनगढीः बैतडीबाट ७ तोला सुन बरामद गरिएको छ। जिल्लाको पाटन नगरपालिका–८ मा पर्ने खोडपबाट सुन बरामद गरिएको हो। काठमाण्डौबाट दार्चुला गइरहेको सुदूरपश्चिम प्रदेश ०२००१ ख १३०१ नम्बरको बसले छाडेको केहि सामाग्रीमा सुन भेटिएको प्रहरीले जनाएको छ।

खोडपे प्रहरी चौकीको इन्ट्री पोष्टमा बसका स्टाफहरुले सामान छोडेको र उक्त सामानमा सुन फेला परेको प्रहरीले बताएको हो। सो सामान पाटन नगरपालिका–८ का एक स्थानीयका आफन्तले काठामाण्डौबाट औषधी भन्दै पठाएको खुलेको छ। बरामद गरिएको सुन इलाका प्रहरी कार्यालय पाटनमा राखिएको छ।

त्यस्तै दार्चुलाबाट ६ किलो चरेससहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका–३ कर्कलेबाट ६ किलो एक सय ग्राम लागुऔषधसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। महाकाली नगरपालिका–४ खलंगाका ६६ वर्षीय मानसिंह ठगुन्ना र नौगाड गाउँपालिका–४ सिप्टीका ७० वर्षीय गौरसिंह ठगुन्ना लागुऔषधसहित पक्राउ परेका हुन्। उनीहरुलाई ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्दा सोमवार बिहान पक्राउ गरेको हो। 
 

कमेन्ट लोड गर्नुस