सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र दार्चुलाबाट  भन्सार छलीका सामान बरामद

२०८० साउन २१, ०७:२३ खबर संवाददाता

धनगढीः  कैलाली र दार्चुलाबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ।

कैलालीको धनगढी उप–महानगरपालिका–३ मिलनचोकबाट अबैध रुपमा भन्सार छली ल्याएका अन्दाजी ३२ हजार मुल्य बराबरको चिनी, चना,  मिठाई, लेडिज सुट, कुर्ती लगायतका सामान प्रहरी गस्ती टोलीले आईतवार दिउँसो बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

यस्तै दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ थक्तोलीबाट भन्सार छलीका अन्दाजी ६५ हजार आठ सय मुल्य बराबरको बिडी प्रहरीले आईतवार बिहान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस