सुदूर नेपाललाई विश्वसँग जोड्दै

तीन लाख ३० हजारका भन्सार छलीका सामान बरामद    

२०८० साउन २१, ०७:५२ खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरबाट एकै दिन तीन लाख ३० हजार बढीका भन्सार छलीका सामान बरामद गरिएको छ। शनिवार कञ्चनपुरको पुनर्वास र कैलालीको धनगढीबाट तीन लाख २० हजार बढीका सामान बरामद गरिएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ मोहना नदीको किनाराबाट अवैध २ लाखका साडी, धोती, लेडिज सुट, लेहङ्गा लगाएका कपडा बरामद गरिएको छ। प्रहरीले भन्सार छलीका सामान बेवारिसे फेला पारेको बताएको छ।

यता कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ भन्सार नजिकबाट अवैध १५ हजार एक सय ५५ रुपैयाँका श्रृगारका सामान, चिनी, स्याम्फु, बिस्कुट लगाएतका सामान बरामद गरिएको छ। धनगढीको माया मेट्रो अस्पताल नजिकबाट एक लाख १५ हजार मूल्यका साडी, ब्लाउज लगाएतका सामानसमेत बरामद गरिएको छ। भन्सार छलीका अवैध सामान प्रहरीले बरामद गरेको हो। प्रहरीले अवैध सामान कारबाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाएको छ।


 

कमेन्ट लोड गर्नुस