सुदूर नेपाललाई विश्वसँग जोड्दै

रक्सी बेच्न छोडे नगरपालिकाले १ लाख रुपैयाँ सहयोग गर्ने

२०७६ वैशाख ८, ०१:४२ खबर संवाददाता

रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाले जाँडरक्सी व्यवसाय छोडेर अन्य व्यवसाय गर्ने व्यवसायीलाई १ लाख रुपैयाँ सहयोग गर्ने भएको छ। इजाजतपत्र लिएर जाँडरक्सी व्यवसाय गरिरहेका व्यवसायीले यो व्यवसाय छाडेर अन्य व्यवसाय गर्न खोजे १ लाख रुपैयाँसम्म सहयोग गर्ने नगरप्रमुख गोरखबहादुर केसीले बताए। उनले जाँडरक्सी व्यवसायलाई परिवर्तन गर्न आग्रह गरेका छन। 

समृद्ध नगर निर्माणका लागि जाँड रक्सीले पनि बाधा गरिरहेको भन्दै नयाँ व्यवसायमा आकर्षण गर्न सो सहयोग गर्न खोजेको नगरपालिकाले जनाएको छ। नगरपालिकाले गरेको उक्त निर्णयपछि केहि व्यवसायीहरु व्यवसाय परिवर्तन गर्न इच्छुक रहेको नगरप्रमुख केसीले बताए। उनले भने, हाम्रो लक्ष्य भनेको नगरलाई जाँडरक्सीमुक्त घोषणा गर्ने गर्ने हा। उनका अनुसार  नगरका १,२ र ३ वडालाई जाँडरक्सीमुक्त घोषणा गरिसकेको  छ। 
 

कमेन्ट लोड गर्नुस