सुदूर नेपाललाई विश्वसँग जोड्दै

सगरमाथा भ्रमण गर्न आएका एक अमेरिकि पर्यटकको लडेर मृत्यु

। फोटो स्रोत ।
२०७६ वैशाख ८, ०१:१७ खबर संवाददाता

नेपाल भ्रमण आएका एक अमेरिकि नागरिकको मृत्यु भएको छ। भ्रमणको सिलसिलामा सगरमाथा आधार शिविर पुगेका ३६ वर्षका अमेरिकन नागरिक क्रिस्टोफर बेन्डनको शनिबार लडेर मृत्यु भएको  गएको सोलुखुम्बु प्रहरीले जनाएको छ।

सगरमाथा आधार शिविर पुगेर फर्कने क्रममा सोल्खुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका–३ को फाक्दिङमा लडेर उनको ज्यान गएको हो। कानुनी प्रक्रिया पूरा गरेर उनको शव काठमाण्डौको शिक्षण अस्पताल लगिने प्रहरीले जनाएको छ। घटनाबारे खुम्बुका प्रहरी निरीक्षकको टोली खटिएर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख शालिग्राम शर्माले जानकारी दिए।  

कमेन्ट लोड गर्नुस