सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रीलंका बम विस्फोट : २५ जनाको मृत्यु २०० जना घाइते

२०७६ वैशाख ८, ०१:०८ खबर संवाददाता

श्रीलंकामा चर्च र होटलमा आक्रमण भएको छ। ‘ईस्टर सनडे’का अवसरमा प्रार्थना गरिरहेकालाई लक्षित गरी श्रीलंकाका विभिन्न ठाउँमा बम विस्फोट भएको हो। 

अन्तर्रा्ष्ट्रिय सञ्चार संस्था बीबीसी सिंहला सेवाका संवाददाता अज्जाम अमीनका अनुसार, यी धमाकामा कम्तीमा २५ जनाले ज्यान गुमाएका छन् भने २ सय बढी घाइते भएका छन्। घाइतेहरुलाई राजधानी कोलम्बोको विभिन्न अस्पाताल लगिएको छ। कोलम्बोको सेन्ट एन्टोनियो चर्चमा बम विस्फोट भएको हो। इस्टरको प्रार्थनाका लागि मानिसहरु एकत्रित भएको समयमा बम विस्फोट भएको हो। 

विस्फोटपछि शहरको सुरक्षा व्यवस्था कडा बनाइएको छ। घटनास्थलमा राहत र उद्धारको कार्य जारी छ। अहिलेसम्म यो घटनाको कसैले पनि जिम्मा लिएको छैन। ’इस्टर सन्डे’ इसाई धर्मावलम्बीहरुको प्रमुख पर्व हो।
 

कमेन्ट लोड गर्नुस