सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्मदिनको अवसरमा आश्रमलाई खाद्यान्न वितरण 

२०८० साउन १७, १०:५५ खबर संवाददाता

धनगढी:  छोरीको जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई खाद्य सामग्री वितरण गरिएको छ। धनगढी–१ शिवनगर निवासी अशोक उपाध्याय दम्पतिले २ वर्षीया छोरी स्वस्तिका उपाध्यायको जन्मउत्सवको अवसरमा मानव सेवा आश्रमलाई २५ किलो चामल, ५ किलो लुगा धुने सर्फ, ३ किलो चिउरा, चाउचाउ लगायत सामग्री वितरण गरेका हुन्।

छोरीको दिर्घायु संगै उज्वल भविश्यको कामना गर्दै  खाद्य सामग्री वितरण गरेको स्वस्तिकाका बुबा अशोक उपाध्यायले बताए। फजुल खर्च गरेर तडक भडक गर्न भन्दा वेसहारा मानवको सेवामा समर्पित संस्थालाई सहयोग गरेर छोरीको जन्मोउत्सव मनाएको उनले बताए।

कमेन्ट लोड गर्नुस