सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट लागुऔषधसहित एक जना पक्राउ

२०८० साउन १६, ०५:०५ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेल नजिकबाट चार सय मिलिग्राम लागुऔषधसहित घोडाघोडी नगरपालिका–१० का २३ वर्षीय बेद चौधरी पक्राउ परेका हुन्। उनलाई सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई लागूऔषधसहित पक्राउ गरेको हो।

कमेन्ट लोड गर्नुस