सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा चारवटा पासपोर्टसहित एक झोला हरायो

२०८० साउन १४, ०९:५० खबर संवाददाता

धनगढीः कैलालीमा चारवटा पासपोर्टसहित एक झोला हराएको छ।

जिल्लाको धनगढी उपमहानगरपालिकामा रहेको करुणा मेडिकल पार्क मोड अगाडिबाट झोला हराएको कृष्ण शाहीले बताएका छन्। उक्त झोलामा कञ्चनपुरको बेलौरी नगरपालिका–१ का लक्ष्मण भण्डारी र प्रिन्स रावलसहित अन्य दुई जनाको पासपोर्ट रहेको शाहीले बताए।

झोला फेला पारेमा नजिकको प्रहरीलाई खबर गर्न तथा ९८१५६०६१६७ , ९८४८४२८६३५ नम्बरमा जानकारी गराइदिन अनुरोध छ। साथै झोला फेलापारी बुझाउनेलाई ५० हजार हजार पुरस्कार दिने शाहीले बताए। 

कमेन्ट लोड गर्नुस