सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘बाजुरा कुन देशमा पर्छ सरकार ?’

२०८० साउन १४, ०७:३१ खबर संवाददाता

काठमाडौं: बाजुराका स्वतन्त्र युवाहरुले माइतीघर मण्डलामा सांसद र सरकार खोज्दै प्रदर्शन गरेका छन्। बाजुराको समस्या र सवालमा सांसदहरुको चासो र सरोकार नदेखिएपछि बाजुराका युवाहरुले विरोधसहित प्रदर्शन गरेका हुन्।

विमान नआइ मर्नु पर्ने, आजको युगमा पनि बत्ती देख्न नपाउनु पर्ने, अस्तव्यस्त सडक, संभावना भएको जिल्लाले समस्या मात्रै सुनाउनु पर्ने भन्दै उनीहरुले प्रदर्शन गरेका हुन्। काठमाडौंमा अध्ययन गरिरहेका युवाहरुले हातमा प्लेकार्डसहित प्रदर्शन गरेका छन्। 
सरकार र सांसदको ध्यानाकर्षण गराउन बाध्य भएर आफ्नै जिल्लाका सांसद र वर्तमान सरकारका विरुद्धमा सडकमा आउनु परेको उनीहरुले बताएका छन्। उनीहरुले बाजुराका समस्या र सवाल लेखिएका प्यलेकार्ड हातमा राखेर विरोध गरेका थिए। बाजुराबाट प्रतिनिधी सभामा प्रत्यक्ष तर्फ बद्री पाण्डे र समानुपातिक तर्फ दयाल शाहीले प्रतिनिधित्व गर्ने गरेका छन्।

बाजुरा र बाजुरीली समाजका समस्या सुन्ने अवस्थामा वर्तमान सरकार र सांसद नदेखिएपछि खोजी गर्न देशको राजधानीमा प्रदर्शन गरेको युवाहरुको भनाइ छ। जिल्लाबाट दुई जना सासंद संसदमा भएपनि समस्याका मुद्दा नउठाएका गुनासो युवाहरुको छ।  जिल्लाको पूर्वी–उत्तर क्षेत्रमा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उच्च रक्तचापका बिरामी बीर्खबहादुर कार्कीको विमान कुर्दाकुर्दै मृत्यु भएको थियो। पाण्डे र शाहीको गृह पालिकासँग कोल्टी विमान स्थलमा जोडिएको छ। तर नियमित उडान नभएकाले जिल्लाका बिरामी तथा नागरिकले दुःख पाउने गरेका छन्। 

कमेन्ट लोड गर्नुस