सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीका विद्यालय व्यवस्थापन समितिको व्यवस्थापकीय संयोजकमा शाह

२०८० साउन १३, ०५:४५ खबर संवाददाता

धनगढीः  कैलालीको गोदावरी नगरपालिका भित्रका सामुदायिक विद्यालयका विद्यालयको व्यवस्थापन समिति (विव्यस) को व्यवस्थापकीय संयोजकमा गणेश शाह चयन भएका छन्।

शनिवार दुर्गालक्ष्मी नमूना माविमा नगरभरीका विव्यस अध्यक्षहरुको भेलाले शाहको संयोजकत्वमा १७ सदस्यीय विद्यालय व्यवस्थापन समन्वय समिति चयन गरेको हो। उक्त भेलाको आयोजना दुर्गालक्ष्मी नमूना माविले गरेको थियो। भेलाको अध्यक्षता दुर्गालक्ष्मी नमूना मावीकै अध्यक्ष समेत रहेका शाहले गरेका थिए।

शाहले भेलामा सामुदायिक विद्यलायको सूधारका लागि विव्यस अध्यक्षहरुले गर्ने सक्ने कामका बारेमा कार्यपत्र समेत प्रस्तुत गरेका थिए। नव गठित समितिले नगर भित्रका सम्पुर्ण विद्यालयहरुका समस्या सुनुवाइका लागि सयुक्त रुपमा आवाज उठाउने जनाइएको छ। समितिले नगरको शिक्षा क्षेत्रको विकासका लागि कसरी अगाडी बढ्न सकिन्छ भन्ने बिषयमा नगरपालिकालाई आवश्यक सुझाव दिने व्यवस्थापक संयोजक शाहले बताए।

कमेन्ट लोड गर्नुस