सुदूर नेपाललाई विश्वसँग जोड्दै

अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा

२०८० साउन १३, ०७:४७ खबर संवाददाता

पिहिरो खसेर अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ। चितवनको इच्छाकामना गाउँपालिका५ कालीखोला नजिक आज बिहान १ बजे पहिरो खसेर सडकखण्ड अवरुद्ध भएको थियो।

सडक डिभिजन कार्यालय चितवनको एक्साभेटर प्रयोग गरेर पहिरो हटाएपछि बिहान ३ बजेदेखि यातायात सेवा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ। पहिरो पन्छाएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड पटक(पटक अवरुद्ध हुँदै आएको छ। 

कमेन्ट लोड गर्नुस