सुदूर नेपाललाई विश्वसँग जोड्दै

वरिष्ठ उद्योगपति अग्रवालद्धारा एसओएसमा १० लाख बराबरको सहयोग

२०८० साउन १२, ०९:२८ खबर संवाददाता

धनगढीः  धनगढीको गेटास्थित एसओएस बालग्रामलाई वरिष्ठ उद्योगपति ओम प्रकाश अग्रवालले सहयोग गरेका छन्।

एक महिनाअघि आयोजित ३७ औं अन्तर्राष्ट्रिय एसओएस दिवसमा अतिथिको रुपमा वरिष्ठ उद्योगपति अग्रवाल बालग्राममा आएका थिए। स्वास्थ्यले साथ दिएसम्म एसओएस बालग्रामका हरेक कार्यक्रममा सहभागी हुदै आएका अग्रवाल त्यस कार्यक्रममा पनि समयमै पुगेका थिए। वार्षिकोत्सव समारोहमा अग्रवालले बालग्रामलाई सहयोग गर्ने बताएका थिए।

सभा हलमा एसी थिएन। एसओएसका योजना निर्देशक पदम हमालले अग्रवाललाई आर्थिक अभावले एसी राख्न नसकेको बताएका थिए। अग्रवाले,–प्राविधिकसंग सल्लाह गरेर आवश्यक पर्ने एसी खबर गर्न भनेका थिए। साथै उनले आवश्यक परेजति एसीको खर्च आफैं व्यहोर्ने कुरा जानकारी गराएका थिए। प्राविधिकको सल्लाहपछि केही दिनअघि हमालले अग्रवाललाई सभा हलमा ६ वटा एसी लाग्ने जानकारी दिए।

अग्रवालले तत्काल एसी अर्डर गरेर, विलम्ब नगरी बिहीवार १० लाख रुपैया बराबरका ६ वटा एसी एसओएसमा पठाएका हुन्। एसओएसका योजना निर्देशक हमालले वरिष्ठ उद्योगपति अग्रवालले बिगतमा समेत पटक पटक सहयोग गरेको र यस पटक ६ वटा एसी सहयोग स्वरुप प्रदान गरेको बताए। हमालले एसओएसमा निरन्तर रुपमा सहयोग गर्दै आएका अग्रवाल प्रति आभार व्यक्त गरे।

अग्रवालले कैलालीको गोदावरीमा निर्मित खानेपानी आयोजनाका लागि आवश्यक पर्ने जनरेटर खरीदमा समेत सहयोग गर्ने बचन दिएका छन्।
 

कमेन्ट लोड गर्नुस