सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसियन गेम्सका लागि नेपाली क्रिकेट टोलीको घोषणा

२०८० साउन १२, ०७:१६ खबर संवाददाता

काठमाडौँः  चीनको हाङ्झाउमा हुने १९ औँ एसियन गेम्सका लागि रोहित कुमार पौडेलको कप्तानीमा नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ।

एशियाड खेल्ने टोलीमा तीव्र गतिका बलर अभिनाश बोहरा, विकेटकिपर विनोद भण्डारी र अलराउन्डर विवेक यादवले लामो समयपछि टोलीमा पुनरागमन गरेका छन्। टी–२० फर्म्याटमा हुने खेलमा आरिफ शेख, ज्ञानेन्द्र मल्ल र भीम सार्की भने टोलीमा अटाउन सकेनन्। नेपालले तीव्र गतिका बलरमा सोमपाल, करण, गुलशन झा र प्रतिश जिसीलाई बोलाएको छ।

उक्त टीममा रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, विवेक कुमार यादव, प्रतिश जि.सी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी (विकेटकिपर) रहेका छन्।
 

कमेन्ट लोड गर्नुस