सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीबाट लागुऔषधसहित दुई जना पक्राउ

२०८० साउन ११, ०८:०६ खबर संवाददाता

धनगढीः  कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।

जिल्लाको गोदावरी नगरपालिका–८ स्याउले बजारमा रहेको चम्फा ट्याक्टरका पाटपुर्जाको पसलका सञ्चालक धनगढी उप–महानगरपालिका–५ हसनपुरका ३२ वर्षीय सरद चौधरी र सोहि ठाँउको जेयसके फेन्सी स्टोर पसलका सञ्चालक ३२ वर्षीय  मधुसुदन पन्तलाई लागुऔषधसहित पक्राउ गरेको हो।No description available.
चौधरीको साथबाट ६ ग्राम ७९० मिलीग्राम र पन्तको साथबाट २४० मिलिग्राम लागु औषध फेला पारेको प्रहरीले जनाएको छ। दुबैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय मालाखेतीले जनाएको छ।

कमेन्ट लोड गर्नुस