सुदूर नेपाललाई विश्वसँग जोड्दै

डेरा अगाडि विभत्स अवस्थामा एक महिलाको शव फेला

२०७६ वैशाख ७, ०२:२५

मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा बस्दै आएकी २९ वर्षीया रिना बस्नेतको शव शनिबार बिहान फेला परेको छ। डेरा गरेर बसेकै घर अगाडि शव फेला परेको हो। उनका पति वैदेशिक रोजागारीमा छन्।

प्रहरीका अनुसार १४ वर्षीय छोराको साथमा बस्दै आएकी उनी शुक्रबार साँझ कन्सर्ट हेर्न भनेर कोठाबाट निस्किएकी थिइन्। शरीरमा लगाएका सबै कपडा फ्यालिदिएको निवस्त्र अवस्थामा शव फेला परेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए।

बिहान मर्निङ वाक गर्नेहरुले डेरा बसेकै घर अगाडि घोप्टो परेको शव देखेपछि प्रहरीलाई खवर गरेका थिए। एसपी केसीकाअनुसार कस्मेटिक पसलसमेत गर्दै आएकी उनी घरको तेस्रो तलामा डेरा गरेर बस्थिन्। 

केसीले कन्सर्ट हेरेर डेरामा फर्किएपछि महिलाले मादक पदार्थ पनि सेवन गरेको पत्ता लागेको बताए। उनका कोठाबाट केही वियरका बोतलहरु फेला परेका छन्। तर महिला एक्लैले मापसे गरेको हो कि उनको साथमा अरु कोही थिए भन्ने बारेमा अनुसन्धान सुरु गरिएको एसपी केसीको भनाइ छ। शव भेटिएको स्थान रक्ताम्य छ।

प्रहरीले महिलाको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका पनि गरेको छ। ‘अत्याधिक मादक पदार्थ सेवनका कारण लडेर मृत्यु भएको पनि हुन सक्छ,’ केसीले भने, ‘हत्या गरेर शव फ्यालेको पनि हुन सक्ने देखिन्छ।’ उनले घटनाको विभिन्न कोणबाट अनुसन्धान थालिसकिएका कारण प्रहरी चाँडै निस्कर्षमा पुग्ने जानकारी दिए। साभार - अन्नपुर्णपोष्ट

कमेन्ट लोड गर्नुस