सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरलाई प्रयोगशालाका उपकरण सहयोग

२०८० साउन ९, ०७:२१ खबर संवाददाता

धनगढी : धनगढी उपमहानगरपालिकालाई प्रयोगशालाका उपकरण सहयोग गरिएको छ। उपमहानगरपालिकाले सञ्चालन गर्दै आएको विशेषज्ञ वडा क्लिनिकको प्रयोगशाला सेवालाई व्यवस्थित गर्न सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले उपकरण सहयोग गरेको हो।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. निरज अर्यालले मंगलवार (आज) प्रयोगशाला उपकरण धनगढी उप महानगरपालिकालाई हस्तान्तरण गरेका हुन्। डा.अर्यालले धनगढी उप महानगरपालिकाका नगर प्रमुख गोपाल हमाल र उपप्रमुख कन्दकलाकुमार रानालाई प्रयोगशालाका उपकरण हस्तान्तरण गरेका छन्।

यस उपकरणले विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकको प्रयोगशाला सेवालाई व्यवस्थित हुने दाबी गरिएको छ।


 

कमेन्ट लोड गर्नुस