सुदूर नेपाललाई विश्वसँग जोड्दै

नारायणगढ–मुगलिङ सडकमा बस र ट्रक ठोक्किँदा दुर्घटना, ११ जना घाईते 

२०८० साउन ९, ०९:३३ खबर संवाददाता

चितवन: नारायणगढ–मुगलिङ सडक खण्डको १४ किलो भन्ने स्थानमा बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको छ। बस र ट्रक एक आपसमा ठक्कर खादा ११ जना घाईते भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ।

बिहान करीब साढे ७ बजेको समयमा नारायणगढबाट मुगलिङतर्फ गईरहेको रा १८ ख २२३६ नम्बरको बस र बिपरीत दिशाबाट आईरहेको ना ६ ख ४९४२ नम्बरको ट्रक एक आपसमा ठक्कर खाएर दुर्घटना भएको हो।

दुर्घटनामा ट्रकका चालकको खुट्टा च्यापिएको प्रहरीले जनाएको छ। घाईतेहरु ११ जनाको पुरानो मेडीकल कलेजमा उपचार भईरहेको छ। घाईतेहरुको अबस्था सामान्य रहेको छ। नारायणगढ मुगलिङ सडक अबरुद्ध भएर दुर्घटना भएको जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस