सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा पर्यटन मन्त्रालयको फजुल खर्च, चिडियाखानाको नाममा ७० लाख

२०८० साउन ६, ०१:१४ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी तोकिएको गोदावरीमा राजधानी निर्माणको काम अगाडि बढाउन नसकेको प्रदेश सरकारले मन्त्रालयहरू मर्मत, सुधार र निर्माणमा करोडौँ रुपैयाँ खर्च गरिरहेको छ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा पनि मन्त्रालय तथा राजधानीमा रहने निकायका भवन मर्मत, सुधार र निर्माण शीर्षकमा ठूलो बजेट विनियोजन गरेको हो। सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले गोदावरीमा प्रदेश चिडियाखाना स्थलमा घेरबार निर्माणको नाममा ५० लाख तथा चिडियाखानाको गुरुयोजना तयारी शिर्षकमा थप २० लाख गरी ७० लाख बजेट खर्च गर्दैछ।

जबकी प्रदेशको स्थायी राजधानी गोदावरी कायम गरिएको भए पनि अहिलेसम्म कार्यान्वयनमा आएको छैन्। दुरदराजका नागरिकले अहिले पनि सिटामोलका लागि संघर्ष गरिरहनुपर्ने अवस्था कायमै रहेका बेला प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले आफ्नो बैठक हल सजावट (डेकोरेशन) मा १० लाख रुपैयाँ खर्चिदैछ। साथै मन्त्रालयले सडक विस्तारका क्रममा भत्किने वाल निर्माणमा थप १० लाख, सुरक्षाकर्मी बस्ने घर निर्माण १० लाख, तथा थप १० लाख नै खर्चेर शौचालय निर्माण गर्दैछ।

यसका साथै सो मन्त्रालयले जैतुन प्रजातिको वर्तमान अवस्था बुझ्न, खेती विस्तार, उपयोग प्रशोधन तथा बजारीकरण शिर्षकमा १९ लाख, पहाडको आराम गर्ने स्थान (हिलस्टेशन) को संभाव्यता अध्ययन गर्न २० लाख र प्रदेश शिकार आरक्षण संभाव्यता अध्ययन शिर्षकमा १० लाख खर्च गर्दैछ। सो मन्त्रालयले अनावश्यक शिर्षक राखेर राज्यकोषको रकम दुरुपयोग हुने गरी फजुल खर्चलाई बढवा दिएको पाइएको छ।

कमेन्ट लोड गर्नुस