सुदूर नेपाललाई विश्वसँग जोड्दै

महिला विश्वकपमा आज तीन खेल

२०८० साउन ५, ०६:२१ खबर संवाददाता

काठमाडौं: महिला विश्वकप फुटबलमा आज  तीन खेल हुदैछ। पहिलो खेलमा समूह एको फिलिपिन्स र स्विजरल्याण्ड भिड्दैछन्।

यी दुई बीचको खेल फोर्सिथ बार स्टेडियम न्यूजिल्यान्डमा नेपाली समय अनुसार विहान सवा ११ बजे सुरु हुनेछ। यस्तै, समूह बीमा नाइजेरिया र क्यानडा भिड्नेछन्। यी दुईबीचको खेल विहान पौने सवा ९ बजे अष्ट्रेलियाको मेलवर्न स्टेडियममा हुनेछ। यसै गरी आज हुने अन्तिम खेलमा समूह सीमा रहेको स्पेन र कोस्टारिका आमने सामने हुनेछन्।

यी दुईको खेल दिउँसो पौने २ बजे न्यूजिल्यान्डको विलिंग्टन रिजनल स्टेडियम हुँदैछ ​ तीनै टोली खेलमा सहभागी टिम जितसहित विश्वकपको सुखद सूरुआत गर्न चाहन्छन्। बिहीवारको उद्घाटन खेलमा अष्ट्रेलिया र न्युजिल्यान्डले विजयी सुरुआत गरेका छन्।

कमेन्ट लोड गर्नुस