सुदूर नेपाललाई विश्वसँग जोड्दै

संकल्प पूरा गर्न सबै पक्षको सहमति र सहकार्य आवश्यक छ : प्रचण्ड

। फोटो स्रोत ।
२०७६ वैशाख ६, ०७:२० खबर संवाददाता

पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समृद्धिको संकल्प पूरा गर्न सबै पक्षको सहमति र सहकार्य आवश्यक रहेको बताएका छन्।

तीन नम्बर प्रदेश सरकारले शुक्रबार चितवनमा आयोजना गरेको निजी क्षेत्रसँग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले सबै पक्षको सहमति र सहकार्यबाट देशको समृद्धि र विकास सम्भव हुने बताए।

आयातमुखी अर्थतन्त्रलाई विस्थापित गर्नुको विकल्प नरहेको बताउदै उनले निजी क्षेत्रलाई उद्योगधन्दा र उत्पादनमा लगानी गर्न आह्वान गरे। 

उनले सरकार र प्रतिपक्षीको सपना पनि समृद्धि नै रहेकोले यसलाई साकार बनाउन सहमति र सहकार्य गरी कार्यान्वयन गर्नुपर्ने बताए। निजी क्षेत्रसँग सहकार्य गर्न सबै पक्ष इमान्दार हुनुपर्ने बताउँदै उनले सार्वजनिक र निजी क्षेत्र इमान्दारिता साथ मिलेर विकास निर्माणमा लाग्नुपर्ने  बताए।

२००७ साल, २०१७ साल, २०४६ को जस्तो परिवर्तन अहिलेको नभएको बताउँदै उनले अहिलेको परिवर्तन मात्रात्मक नभइ गुणात्मक परिवर्तन भएको बताए।

 

कमेन्ट लोड गर्नुस