सुदूर नेपाललाई विश्वसँग जोड्दै

युएईलाई ३ विकेटले हराउँदै नेपाल विजयी

२०८० साउन ३, ०५:३२ खबर संवाददाता

काठमाडौंः  एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको अन्तिम खेलमा नेपालले युएई ए विरुद्ध जित हात पारेको छ।

यसअघिका दुवै खेल हारेको नेपालले बुधबार युएई ए लाई भने ३ विकेटले पराजित गरेको हो। युएई ए ले दिएको १ सय ५८ रनको लक्ष्य नेपालले २३ ओभरमा ७ विकेट गुमाउँदै पूरा ग¥यो। नेपालको जितमा कुशल भुर्तेल नायक बने। बलिङमा युएई ए को ६ विकेट लिएका भुर्तेलले बिस्फोटक ब्याटिङ गरे। ४३ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै भुर्तेलले ७१ रनको महत्वपूर्ण योगदान गरे।

देव खनाल र सन्दीप जोराले समान २४ रन जोड्दा गुल्सन झा ११ र कप्तान रोहित पौडेल ९ रनमा आउट भए। प्रतिस जिसि ८ र कुशल मल्ल २ रनमा अविजित रहँदा पवन सर्राफ शून्यमा आउट भए। श्रीलंकाको कोलम्बोमा टस जितेर पहिला ब्याटिङ गरेको युएई ए ४४ ओभरमा १ सय ५७ रनमा अलआउट भएको थियो।

युएई ए का लागि लभरप्रित सिंहले सर्वाधिक ५२ रन बनाए। युएई ए लाई सस्तैमा समेट्न भुर्तेलले ६, श्याम ढकालले २, कुशल मल्ल र पवन सर्राफले एक÷एक विकेट खसाले।
 

कमेन्ट लोड गर्नुस