सुदूर नेपाललाई विश्वसँग जोड्दै

आगोमा जलेका डोटीका बालकको उपचारमा आर्थिक समस्या 

२०८० साउन ३, १०:२७ खबर संवाददाता

डोटीः आगोमा जलेका बालकको उपचारमा आर्थिक समस्या भएको छ। डोटीको सायल गाउँपालिका–२ भुर्केल्लाका रामबहादुर थापाका छोराको उपचारमा समस्या भएको हो। गएको असार महिनामा १४ महिने बालक इशान थापाको आगोमा जलेर शरिरको अधिकांस भाग जलेको थियो।

आगोले जलेका बालकलाई दश दिन नेपालमा उपचार गर्दा उपचार सम्भव नभएपछि अहिले भारतको नयाँ दिल्ली स्थित श्री गंगाराम अस्पतालमा उपचार भइरहेको सायलका स्थानीयवासी तथा समावसेवी भक्तबहादुर रोकायाले जानकारी दिए। उनका अनुसार आर्थिक अभावका कारण अहिले बालकको उपचारमा समस्या भएको छ।

बालकको उचारमा हाल सम्म १० लाख बढी भारतीय खर्च भइसकेको र फेरी अप्रेनका लागि ८ लाख भारतीय रुपैयाँ जम्मा गर्नुपर्ने भएकाले सहयोग गर्न आफन्तले अपिल गरेका छन्। आर्थिक अभावका कारण मृत्युवरणको दोसाधमा रहेका बालकको जिवन बचाउनका लागि बालकका आफन्त तथा परिवारजनले आर्थिक सहयोगका लागि सबैमा आग्रह गरेका हुन्।

बालकका आफन्तले बुवा रामबहादुर थापाको मोवाइल नम्बर ८००९८८३७६६ तथा एचडीएफसी भारतीय बैंकको खाता नम्बर ५०१००५३०३२८३६७ मा तथा नेपालको राष्ट्रिय वाणिज्य बैंक धनगढीमा रहेको जानकी खत्रीको खाता नम्बर ४४९०१०००००२६८०१० र मोबाइल नम्बर ९८१०६४६८७२ मा आर्थिक सहयोग गरिदिन अपिल गरेका छन्।
 

कमेन्ट लोड गर्नुस