सुदूर नेपाललाई विश्वसँग जोड्दै

लागुऔषध मुद्धाका फरार प्रतिवादी पाँच वर्षपछि पक्राउ

२०८० साउन १, ०४:२१ खबर संवाददाता

धनगढीः  कैलालीमा लागुऔषध  मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्लाको चुरे गाउँपालिका–५ का ३५वर्षीय पुर्णबहादुर धामीलाई लुकिछिपि रहेका अवस्थामा सोमबार दिउँसो सादा पोशाकमा खटिएको प्रहरीले पक्राउ गरेको हो। धामीलाई जिल्ला अदालत कैलालीले २०७५ मंसिर २० गते दुई हजार रुपैयाँ जरिवाना, एक महिना सजाय तोकेको थियो।

उनी सजाय तोकेकै दिनबाट फरार रहेका थिए। धामीलाई आज जिल्ला अदालतमा पेश गर्न लागेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस