सुदूर नेपाललाई विश्वसँग जोड्दै

भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङसहित सचिव राउतलाई सोमबार अदालतमा पेश गर्ने

२०८० असार ३१, ०७:४१ खबर संवाददाता

काठमाडौँः  ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा रहेका सञ्चारसचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङसहितलाई सोमबार पुनः अदालतमा पेश गर्न सर्वोच्च्ले आदेश दिएको छ।

आइतबार अन्य बन्दीको रिटका कारण उनीहरुको मुद्दा हेर्न नभ्याइएपछि सोमबार पेश गर्न आदेश दिइएको हो। सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार लगाउमा रहेका ६ वटा मुद्दा भएको र सरकार भ्याकेटमा समेत आएको कारणले आइतबार हेर्न नभ्याइएको हो। आइतबार हेर्न नभ्याइएपछि सर्वोच्चले अब सोमबारको पेशी दिएर इजलाशमा पेश गर्ने आदेश दिएको हो। सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेसी तोकिएको थियो।

सीआईबीको हिरासतमा रहेका सचिव राउत, व्यवसायी गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधिरकुमार शाह, मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतम र टिकाराम घिमिरे लगायतले बन्दी प्रत्यक्षीकरण र निषेधाज्ञाको रिट दर्ता गराएका थिए।
 

कमेन्ट लोड गर्नुस