सुदूर नेपाललाई विश्वसँग जोड्दै

मालपोत कैलालीमा बैंकको मनपरी, कार्यालय समय अगाडि सटर बन्द

२०८० असार ३१, ११:१९ कमल सावद

धनगढीः मालपोत कार्यालय कैलालीले शुक्रवार दिउँसो ३ बजेसम्म सेवा दियो। मालपोत कार्यालयबाट हुने सबै सेवा सेवाग्राहीले पाए। तर मालपोत कार्यालय परिसरमा रहेको बैंकको काउन्टर २ बजे नै बन्द भयो। एनआईसी एसीया बैंकका सुरक्षा कार्डले ठिक २ बजे बैंकको सटर बन्द गरे। केही समयपछि उनले सटरमा तालासमेत लगाए। बैंकका कर्मचारी भने भित्र थिए।

मालपोत्र कार्यालयका सूचना अधिकारी नन्दलाल पाण्डेले कार्यालय अगाडि बैंकले सेवा बन्द गर्ने गरेको बताए। उनले भने, ‘कार्यालय समय अगाडि बन्द हुन्छ। जनगुनासो पनि आएका छन्। सम्झौताका बारेमा जानकारी छैन। सम्झौतामा के भनिएको छ ? मलाई जानकारी छैन।’

मालपोत कार्यालय कैलालीको परिसरमा रहेको बैंकको काउन्टर कार्यालय समय अगाडि नै बन्द हुने गरेको हो। कार्यालय समय अगाडि बैंककले सेवा बन्द गर्दा मालपोतका सेवाग्राहीलाई समस्या हुने गरेको छ। उनीहरुले बैंकका कारण सेवा पाउन मुस्किल भएको गुनासो गरेका छन्। मालपोत प्रशासनलाई समेत सेवाग्राहीले पटक–पटक बैंकको काउन्टर बन्द हुँदा समस्या हुने गरेको गुनासो गरेका छन्। तर मालपोत्र कार्यालय प्रशासनले वास्ता गरेको छैन्। सेवाग्राहीबाट गुनासा आउने गरेको मालपोत कार्यालयका सूचना अधिकारी पाण्डेले बताए। 

मालपोत्र कार्यालय, कैलालीले सेवाग्राहीहरु बैंकको सेवा नपाएर फिर्ता नगएको दाबी गरेको छ। मालपोत्र प्रशासनले बैंकको काउन्टर बन्द भएपनि सेवा दिन आग्रह गर्ने गरेको दाबी गरेको हो। तर  सेवाग्राहीले भने बैंकले अतिरिक्त रकम लिएर मात्र सटर बन्द भएपछि सेवा दिने गरेको आरोप लगाएका छन्। बैंकसँग र मालपोत प्रशासनसँग पहुँच भएकाहरुले मात्र सेवा पाउने गरेका हुन्।

यता मालपोत कार्यालयका प्रमुख सुरेन्द्र केसीले बैंकका कारण सेवाग्राहीको काम नरोकिएको बताए। तर राष्ट्र बैंकमा संकलन भएको रकम जम्मा गर्नुपर्ने भएकाले कैंकको काउन्टर कार्यालय समय अगाडि बन्द गर्ने गरिएको उनले बताए। केसीले भने, ‘अफिस ५ बजे बिदा हुन्छ। उहाँहरुले संकलन गरेको रकम राष्ट बैंकमा जम्मा गर्छन। अहिले ४ बजे सटर बन्द गर्छन। हामीले भनेपछि ६ बजेसम्म पनि काम गरेको अवस्था छ। अहिले सेवाग्राही पनि कम छन्। आफ्नो हिसाबका लागि पनि कार्यालय समय अगाडि बन्द हुने हो। एक घण्टा अगाडि बन्द हुने गरेको छ।’

कार्यालय समय अगाडि बैंकको काउन्टर बन्द गर्ने एनआईसी एसीया बैंकको धनगढी शाखा प्रमुख निर्मल लम्बासलले प्रतिकृयाका लागि समय नभएको बताए। 


 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस