सुदूर नेपाललाई विश्वसँग जोड्दै

भाषण गरिरहेका हार्दिक पटेललाई थप्पड

। फोटो स्रोत ।
२०७६ वैशाख ६, ०१:५४ खबर संवाददाता

कांग्रेस आईका नेता हार्दिक पटेललाई मञ्चमा भाषण गर्दा गर्दै थप्पड हानिएको छ। गुजरातको सुरेन्दरनगर जिल्लामा आयोजित ‘जन आक्रोश सभा’का क्रममा सो घटना भएको हो।

पटेलले भाषण गर्ने क्रममा एक व्यक्ति दायाँ तर्फबाट मञ्चमा उक्लिएर उनलाई अनायास थप्पड प्रहार गरेका थिए। थप्पड प्रहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। 

पटिदार आन्दोलनबाट उदाएका दलित नेता पटेल पछिल्लो समयमा कांग्रेस आईमा प्रवेश गरेका थिए। कांग्रेसको चुनावी अभियानमा सेलिब्रेटी बनिरहेका पटेलले कृषक र बेरोजगारीको मुद्दा उठाउने गरेका छन्। कानूनी अवरोधका कारण उनले कांग्रेसबाट चुनाव लड्न भने पाएका छैनन्।  
 

कमेन्ट लोड गर्नुस