सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लागुऔषधसहित २ जना पक्राउ 

२०८० असार ३०, १०:५२ खबर संवाददाता

कैलालीः कैलालीमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–४ गोदावरीबाट २३० मिलीग्राम लागुऔषधसहित  कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियाका २१ वर्षीय भुवन भट्ट पक्राउ परेका हुन्।

अत्तरियाको मोबाईल ग्यालरीबाट मोबाईल चोरी भएको निबेदनको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिईएको प्रहरी टोलीले शंकालागि चेकजाँच गर्दा उनको साथबाट लागुऔषधसहित एनरोइद मोबाइल ४ थान, बट्टन मोबाइल १ थान, नगद रकम १० हजार र बैंक अफ काठमाण्डौंको तिन वटा चेक फेला पारी पक्राउ गरेको हो।

यस्तै टिकापुर नगरपालिका वडा नम्बर–९ खैरीपुरबाट १ ग्राम ७० मिलिग्राम लागुऔषधसहित टिकापुर–१ का २८ वर्षीय लक्ष्मण रावललाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिइएको  प्रहरी टोलीले शंकालागि चेकजाँच गर्दा रावलको साथबाट लागुऔषध फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस