सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको मानबसेवा आश्रमका असहाय सङ्ग मनाए सिराडीले जन्मदिन

२०८० असार २९, ०९:२७ खबर संवाददाता

धनगढीः  बडिकेदार  क्षेत्र पर्यटन  बिकास तथा ब्यवस्थापन समिति डोटीका कार्यकारी अधिकृत दिपेन्द्रराज सिराडीले आफ्नो ३० औं जन्मोत्सव धनगढीको मानबसेवा आश्रम लाई आर्थीक सहयोग गरेर मनाएका छन्।

शुक्रबार धनगढी स्थित तारानगरमा रहेको मानवसेवा आश्रममा साझको खाजा  खुवाउनुको साथै  पाँच हजार पाँच सय ५५ रुपैयाँ आर्थिक  सहयोग समेत गरेका छन्। सिराडीले विगतमा पनि आफ्नु जन्मोत्सवको अबसरमा बिरामीलाई सानोतिनो आर्थिक सहयोग गर्दै आएका थिए।No description available.

यस्तै बिशेष दिन को अबसर पारी यस्ता आश्रममा सहयोग गर्न पाउँदा फरक अनुभूति भएको सिराडीले बताए। अन्य फजुल खर्च गर्नु भन्दा असहायहरु को सेवा गर्न पाउँदा खुशी लागेको उनले बताए। असहायमा परेका नागरिकहरुको सेवा गर्नु धर्म हो भन्दै आगामी दिनमा आफुले सक्ने सहयोग मानव सेवा आश्रमलाई गर्ने बताए।

त्यस्तै जन्म दिनको अबसरमा सिराडीले लामो समय देखि क्यान्सर रोगको उपचाररत बडिकेदार गाउँपलिका –५ थानकोटका प्रेमसिंह मल्लको उपचारमा थप सहजता होस भनी पाँच हजार पाँच सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

कमेन्ट लोड गर्नुस