कैलालीमा चेक अनादर मुद्दाका फरार अपराधी पक्राउ
२०८० असार २९, ०५:३९
धनगढीः कैलालीमा चेक अनादर मुद्दाका फरार अपराधी पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १० का सरजन कमीलाई मालाखेती प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनलाई कैलाली जिल्ला अदालतले एक हजार जरीवाना तोकेको थियो। अदालतले २०७६ असार १३ गते ३५ वर्षिय कामीलाई जिल्ला अदालतले एक हजार जरिवाना तोको हो।
उनलाई शुक्रवार बिहान मालाखेती प्रहरीले पक्राउ गरेको हो। प्रहरीले उनलाई जिल्ला अदालतमा पेश गरेको छ।
कमेन्ट लोड गर्नुस