सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको एक वडा कार्यालयमा स्थानियद्धारा तालाबन्दी

२०८० असार २९, ०५:०१ खबर संवाददाता

धनगढीः  कैलालीको घोडाघोडी नगरपालिका–६ बसन्ताको वडा कार्यालयमा तालाबन्दी गरीएको छ।

वडा अध्यक्षले स्थानीयहरूसँग छलफल नगरेर एकलौटी तरीकाले योजना छनोट गरेको भन्दै स्थानीयले शुक्रबार तालाबन्दी गरेका हुन्। आर्थिक वर्ष २०८०÷०८१ को वडामा विनियोजित बजेटमा वडा अध्यक्षले एकलौटी ढङ्गले छुटाएको हुँदा आफूहरूले वडा कार्यालयमा तालाबन्दी गर्न बाह्य भएको स्थानीय दीपेश बोहराले बताए।

पटक पटक वडाध्यक्ष सँग बसेर छलफल गर्दा पनि आफूहरूको मागको सुनाई नभएको उनीहरूको गुनासो छ। जनताको आवश्यकता अनुसार सहमतिमा बजेट छुट्टाउन र जनगुनासोलाई सम्बोधन गनुपर्नेमा ठिक विपरित गरेको स्थानीयहरूले गुनासो गरेका छन्। यस विषयमा बुझ्नखोज्दा वडा अध्ययक्षको भने फोन उठेन्।
 

कमेन्ट लोड गर्नुस