सुदूर नेपाललाई विश्वसँग जोड्दै

हरियाली धनगढी अभियानमा कृष्णकुमार पन्तको साथ

२०८० असार २७, ०२:४३ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकाले अघि सारेको दोस्रो चरणको हरियाली धनगढी अभियानमा सहभागि हुँदै धनगढी उपमहानगरपालिका–५ हसनपुरका सिद्धराज पन्तका छोरा कृष्णकुमार पन्त र बुहारी सरिता जोशीले दुईवटा बिरुवा बराबर १० हजारको चेक नगरप्रमुख गोपाल हमाललाई हस्तान्तरण गरेका छन्।

हरियाली प्रवद्र्धन गर्ने र धनगढीलाई पर्यावरणमैत्री बनाउने अभियानमा जनसमर्थन बढ्दै गएको छ। उपमहानगरपालिकाले यसका लागि हरियाली प्रवद्र्धन कोष नै स्थापना गरेर रकम जम्मा गर्न ४१७०१००३०५०१०००२ नम्बरको खाता नै सार्वजनिक गरेको छ।

कमेन्ट लोड गर्नुस