सुदूर नेपाललाई विश्वसँग जोड्दै

 डोटीका नरबहादुर खड्का भारतको राजीस्थानबाट बेपत्ता

२०८० असार २७, ०८:३१ खबर संवाददाता

धनगढीः डोटीका नरबहादुर खड्का भारतको राजीस्थानबाट बेपत्ता भएका छन्। डोटीको पूर्वीचौकी गाउँपालिका–४ का ३९ वर्षीय नरबहादुर खड्का भारतको मुम्बई जाने बेला राजीस्थानबाट बेपत्ता भएको पारीवारिक स्रोतले जनाएको छ।

रेलको यात्रामार्फत मुम्बई गइरहेका खड्का रेलबाटै बेपत्ता भएपछि परिवारले खोजी कार्यमा सहयोग गरिदिन सबैलाई आग्रह गरेको छ। खड्कालाई कतै देखे भेटेमा मुम्बईमा रहेका आफन्त पुरन खड्कालाई ९९३०५१५८३९ नम्बर वा नेपालमा ९८४८६५५४०१, ९८६५८६६६३१ गुजतमा ९६२४१११६७६ र ९७१२३८१८४९ मा खबर गरिदिन अनुरोध गरिएको छ।

कमेन्ट लोड गर्नुस