सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

२०८० असार २५, ०५:१२ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

भीमदत्त नगरपालिका–४ बसपार्कबाट करिब दुई लाख २० हजार चार सय मुल्य बराबरका चप्पल, प्लाष्टिक झिल्ली, चिनी, मिश्री, तेल, मसला, साबुन, बिडि, गुड, सोडा, जुत्ता, कम्बल, छाता, त्रिपाल, दुध पाउडर र ६ थान साइकल बरामद गरिएको प्रहरीले जनाएको छ।

सुदुरपश्चिम प्रदेश प्रहरी टोलीले ती सामान बेवारिसे अवस्थामा बरामद गरेको  जनाएको छ।

कमेन्ट लोड गर्नुस