सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुई महिना मन्त्रालय नछाड्न मन्त्रीलाई सुदूरपश्चिमका मुख्यमन्त्रीको निर्देशन

२०७६ वैशाख ५, ०७:४७ खबर संवाददाता

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रीहरुलाई योजना कार्यान्वयनमा ध्यान दिन निर्देशन दिएका छन्। ६ महिना पछि आज बसेको नेकपा सुदूरपश्चिमको संसदीय दलको बैठकमा मुख्यमन्त्री भट्टले मन्त्रीहरुलाई आर्थिक वर्ष सकिन केही समय मात्र बाँकी रहेकाले बजेट र योजना कार्यान्वयनमा गम्भीर बन्न आग्रह समेत गरेका छन्।

बैठकमा नेकपाका प्रदेशसभा सदस्यहरुले प्रदेशका मन्त्रीहरुको रिवन काट्ने र माला मोहले गत वर्षको अल्पकालीन बजेट र चालु वर्षको पूर्ण बजेट अपेक्षा गरे अनुसार कार्यान्वयन हुन नसकेको भन्दै आक्रोश व्यक्त गरेपछि मुख्यमन्त्रीले आफ्नो अनुमती विना दुई महिनामा मन्त्रालय बाहिर समेत ननिस्केर काम गर्न निर्देशन दिएको स्रोतले जनाएको छ। 

एकजना प्रदेशसभा सदस्यका अनुसार  बैठकमा मन्त्रीहरुको कार्यशैलीप्रती चर्को आलोचना भएपछि मुख्यमन्त्रीले दुई महिना मन्त्त्रालय बाहिर समेत ननिस्केर तदारुकताका साथ काम गर्न निर्देशन दिएका हुन्। बैठकमा प्रदेशसभा सदस्यहरुले मन्त्रीको निष्क्रियताकै कारण सोचे अनुसार चालु वर्षको पूर्ण बजेट कार्यान्वयन समेत नभएको भन्दै आक्रोश व्यक्त गरेका थिए। संसदीय दलको बैठकमा मुख्यमन्त्रीले चालु आर्थिक वर्ष योजना कार्यान्वयनका लागि तदारुकताका साथ  लाग्न मन्त्री र सांसदहरुलाई आग्रह समेत गरेका छन् भने बैठकले तिव्रताका साथ योजना कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ।   
 

कमेन्ट लोड गर्नुस