सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु

२०८० असार २३, ०४:०७ खबर संवाददाता

धनगढीः कैलालीमा खहरे खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ।

गोदावरी नगरपालिका–१२ कुभिजालका भीमबहादुर खत्रीकी छोरी ६ वर्षीया गिता खत्रीको खोलाले बगाउँदा मृत्यु भएको हो। शुक्रबार स्कुलबाट फर्किने क्रममा खहरे खोलामा बगेर बालिकाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

खोलामा बगेर बेपत्ता भएकी बालिकाको खोजी गर्दा बगेको स्थानबाट दुई किलोमिटर तल शव फेला परेको प्रहरीले जनाएको छ। बालिकाको शव पोष्टमार्टमपछि मृतकका आफन्तलाई बुझाइएको छ।

कमेन्ट लोड गर्नुस