सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका दुई स्थानबाट भन्सार छलीका सामान जफत, एक जना पक्राउ

२०८० असार २३, ०१:२७ खबर संवाददाता

धनगढीः प्रहरीले धनगढीका दुई स्थानबाट भन्सार छलीका सामान जफत गरेको छ।

साथै भन्सार छलीका सामानमा संलग्न एक जनालाई पक्राउ समेत गरिएको छ। धनगढी उपमहानगरपालिका–३ भन्सार नजिकबाट भन्सार छलीका करिब १५ हजार ४३५ रुपैयाँ बराबरका चिनी, कुर्ती, धोती, साडी लगायतका सामान शुक्रवार साँझ बेवारिसे अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै धनगढी उपमहानगरपालिका–३ शहिदगेट नजिकबाट भन्सार छलीका करिब एक लाख २० हजार मुल्य बराबरका टाउजर, टि–सर्ट, जुत्तासहित घोडाघोडी नगरपालिका–१ का २७ वर्षीय प्रेम शाहीलाई शुक्रवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस