सुदूर नेपाललाई विश्वसँग जोड्दै

ट्रेड युनियन चुनावमा प्राधिकरणका गाडी प्रयोगमा रोक

। फोटो स्रोत ।
२०७६ वैशाख ५, ०५:०४ खबर संवाददाता

नेपाल विद्युत प्राधिकरणले ट्रेड युनियनको चुनावमा प्राधिकरणका गाडी प्रयोगमा रोक लगाएको छ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विज्ञप्ति निकालेर यही वैशाख १९ गते हुने ट्रेड युनियन चुनावका लागि कुनै पनि गाडी प्रयोग नगर्न सचेत गराएका छन्।

यस्तै चुनावको सिलसिलामा सम्बन्धित कार्यालयमा समन्वय गरेर मात्रै परिचालित हुन र चुनाव निष्पक्ष बनाउन पनि घिसिङले निर्देशन दिएका छन्। निर्देशन अटेर गर्नेलाई विभागीय कारबाही गर्ने पनि उनले चेतावनी समेत दिएका छन्।

यसअघि प्राधिकरणको ट्रेड युनियन चुनावमा गाडीको व्यापक दुरुपयोग भएको गुनासो आउने गरेको थियो। विद्युत प्राकिरणमा ट्रेड युनियनको चुनाव गएको फागुनमै हुनुपर्ने भए पनि विवादका कारण रोकिएको थियो। 

कमेन्ट लोड गर्नुस