सुदूर नेपाललाई विश्वसँग जोड्दै

पेरुका पूर्व राष्ट्रपति गर्सियाद्धारा आत्महत्या

२०७६ वैशाख ५, ०४:०३ खबर संवाददाता

पेरुका पूर्व राष्ट्रपति एलन गर्सियाले आफूमाथि नै गोली चलाएका छन्। घुस जाँचको सम्बन्धमा उनको घरमा पुलिस पुगेपछि पूर्व राष्ट्रपति गर्सियाले आफूमाथि नै गोली चलाएका हुन।

स्थानीय टीभी च्यानलका अनुसार, ६९ वर्षीय गर्सियालाई तुरुन्त अस्पताल लगिएको थियो, जहाँ सर्जरीपछि उनी कोमामा पुगेका थिए।

कोमामा पुगेको केही घण्टामा नै उनको निधन भएको उनका वकिलले बताए। गर्सिया आफ्नो प्रभावशाली भाषणका कारण चर्चित छन्।

उनी दुई पटक पेरुको राष्ट्रपति भैसकेका छन्। सन् १९८५–९० र २००६–११ मा उनले राष्ट्रपतिको पदभार सम्हालेका थिए। ब्राजिलको एक निर्माण कम्पनीसँग जोडिएको सम्बन्धमा पूर्व राष्ट्रपति गर्सिया जाँचको घेरामा थिए।

जाँच चलिरहँदा उनलाई देश छोडेर जान प्रतिबन्ध लगाइएको थियो। त्यसपछि उनले उरुग्वेसँग राजनीतिक शरण मागेका थिए तर उनलाई मञ्जुरी दिइएको थिएन।
 

कमेन्ट लोड गर्नुस