कैलाली र कञ्चनपुरमा भन्सार छलीका सामान फेला
धनगढीः कैलाली र कञ्चनपुरमा भन्सार छलीका सामान फेला परेका छन्।
कैलालीको धनगढी उपमहानगरपालिका–२ मा भन्सार छलीका अन्दाजी ३४ हजार २ सय मूल्य बराबरका लेडिज कुर्ती फेला परेको हो। सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट बसपार्क कैलालीबाट खटिइएको संयुक्त प्रहरी टोलीले मंगलवार बेवारीसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर–१ बैशाखामा भन्सार छलीका अन्दाजी २५ हजार २ सय ५० मुल्य बराबरका बोईलर कुखुरा, खाने तेल, सुर्ती, डिस्पोजल गिलास लगायतका सामानहरु सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी फटैया कञ्चनपुरबाट खटिईएको सयुंक्त प्रहरी टोलीले मंगलवार बेवारिसे अवस्थामा फेलापारी नियन्त्रणमा लिएको छ।