सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका एक युवकको दार्चुलामा मृत्यु

२०८० असार १९, ०८:२६ खबर संवाददाता

धनगढीः कैलालीका एक युवकको दार्चुलामा मृत्यु भएको छ। कैलालीको गोदावरी नगरपालिका—४ अतरियाका २६ वर्षीय सचिन बस्नेतको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। सोमवार विहान उनी आफनै कोठामा बेहोस अवस्थामा फेला परेका थिए।

मालिकार्जुन बेतालेश्वर सुनचाँदी पसलमा कारीगरको रुपमा काम गर्ने बस्नेतको गोकुलेश्वर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सुचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए। उनी दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्वर—९ गोकुलेश्वर बजारमा डेरा गरी बस्दै आएका थिए।

विहान अबेर सम्म बस्नेत काममा नआएपछि स्थानीयहरुले खोजी गर्दा उनी आफनै कोठामा बेहोस अवस्थामा फेला परेका थिए। बेहोस अवस्थामा फेला परेका बस्नेतलाई स्थानीयहरुले उपचारका लागि अस्पताल लगेको भएपनि डाक्टरले उनलाई सोमवार दिउँसो साढे १२ बजेतिर मृत घोषणा गरेको प्रहरी निरीक्षक एवम सुचना अधिकारी सिंहले बताए। घटना बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।


 

कमेन्ट लोड गर्नुस